बुन्डेस लिगा : पाँच खेल अगावै लेभरकुजन च्याम्पियन – Nepal Press

बुन्डेस लिगा : पाँच खेल अगावै लेभरकुजन च्याम्पियन

हेटौंडा । जर्मनको बुन्डेस लिगामा ब्रायन म्युनिखको एकल अधिपत्यलाई तोड्दै बायर लेभरकुजनले पाँच खेल अगावै बुन्डेस लिगाको उपाधिमाथि कब्जा जमाउन सफल भएको छ ।

आइतबार राति वेर्डर ब्रेमनलाई ५-० गोलले हराउँदै लेभरकुजनले पहिलो पटक लिगको उपाधिमा कब्जा जमाएको हो ।

फ्लोरियान रिट्जको ह्याट्रिक तथा भिक्टर बोनिफेस र ग्रानिट जाकाको एक–एक गोलको मद्दतले टोलीले ब्रेमनलाई हराएपछि लिगको उपाधि जितेको हो ।

यो सिजन लेभरकुजन कुनै पनि खेलमा पराजित भएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *