लखनउविरुद्ध कोलकाताको रवाफिलो जीत – Nepal Press

लखनउविरुद्ध कोलकाताको रवाफिलो जीत

हेटौंडा । कोलकाता नाइट राइडर्सले आईपीएल २०२४ अन्तर्गतको सुपर सण्डेको पहिलो खेलमा आइतबार लखनउ सुपर जायन्टसमाथि रवाफिलो जीत निकालेको छ ।

टस जितेर सुरुमा फिल्डिङ रोजेको कोलकाताले सुपर जाइन्टलाई १६१ रनमा रोकेको थियो । सुरुवाती ब्याटिङमा आएको लखनउले आफ्नो ओपनर डि ककलाई १० रनमा गुमाउनु परेको थियो ।

ओपनर तथा कप्तान केएल राहुलले ३९ रन प्रहार गरेपछि केहीबेर सम्हालिएको लखनउको पछिल्ला ब्याट्समेन हुडा ८, बधोनी २९, स्टाइनिस १० रनमा आउट भएपछि दबाबमा रहेको लखनउको पारी निकलोस पुरणले ४५ रन बनाएर उकासेका थिए ।

कोलकाताको लागि स्टार बलर मिचेल स्ट्राकले ३, सुनिल नारिन, बरुन चक्रवती, एन्ड्रयु रसेल र अरोराले समान १-१ विकेट लिए ।

१६२ रनको लक्ष्यसहित घरेलु मैदान इडन गार्डेनमा ओर्लिएको कोलकाता २ विकेटको क्षतिमा १५.४ ओभरमा खेल जित्न सफल बन्यो । ओपनर फिल साल्टले विस्फोटक पारी खेल्दै ४७ बलमा ८९ रन बनाउँदा कप्तान श्रेयस ऐयरले अविजीत ३८ रन जोडे ।

ययससँगै कोलकाता पाँच खेलबाट आठ अंक बटुलेर दोस्रो स्थानमा छ । लखनउ ६ अंकसहित पाँचौं स्थानमा छ । आजै मुम्बई इन्डियन र चेन्नई सुपर किङ भिडदैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *