पोखराको अर्चलेमा बस दुर्घटना – Nepal Press

पोखराको अर्चलेमा बस दुर्घटना

पोखरा । पोखरा महानगरपालिका-२७ अर्चलेमा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

रिजर्भ गरेका यात्रुलाई पुर्‍याएर लेखनाथतिर फर्किँदै गरेको ग१ख ८६८० नम्बरको बस शनिबार बिहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए ।

दुर्घटनामा चालक टीकाराम विक र सहचालक शालिकराम सुवेदी घाइते भएको रानाले बताए । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । बस बीच सडकमै ठाडो भएर भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर