यस्तो छ आज देशभरको मौसम – Nepal Press

यस्तो छ आज देशभरको मौसम

काठमाडौं । हाल नेपालमा स्थानीय वायुको तथा मध्यप्रदेश साथै ओडिसा आसपासमा रहेको चक्रिय परिसंचरनको पनि प्रभाव रहेकाले देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै राति देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको मौसम बुलेटिन अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर