कोरियाली पर्यटकहरूले अब नेपालमा क्यूआर भुक्तानी गर्न सक्ने – Nepal Press

कोरियाली पर्यटकहरूले अब नेपालमा क्यूआर भुक्तानी गर्न सक्ने

काठमाडौं । कोरियाबाट नेपाल आउने पर्यटकहरूले नेपालमा क्यूआर भुक्तानी गर्न सक्ने भएका छन् । नेपालको भुक्तानी सञ्चालक कम्पनी फोनपे र कोरियाको विश्वव्यापी भुक्तानी नेटवर्क प्रदान कम्पनी जिएलएन इन्टरनेशनलबिच क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता अनुसार कोरियाबाट नेपाल आउने पर्यटकहरूले नेपालमा क्यूआर भुक्तानी गर्न सक्ने छन् । जसमा कोरियाबाट नेपाल आउने जिएलएन प्रयोगकर्ताहरूले ‘हाना क्यू ’, ‘केबी वालेट’, ‘आईएम बैंक’, ‘टस’, ‘हान मनी’ र ‘जिएलएन’ एप जस्ता बैंकिङ एप्स मार्फत फोनपेको तेह्र लाख स्टोरहरूमा ‘रियलटाइम पेमेन्ट क्यूआर’ भुक्तानी सेवाहरू प्रयोग गर्न सक्नेछन् ।

नेपाल र कोरिया बीच क्रस९बोर्डर क्यूआर कोड भुक्तानी प्रदान गर्न आवश्यक नियामक प्राविधिक र व्यावसायिक सम्भाव्यतामा काम गरिने सम्झौतामा उल्लेख गरिएको छ ।

फोनपेका सीईओ दिवास कुमारले भने, ‘हामी जिएलएनसँग सहकार्य गरेर हाम्रो सेवालाई कोरियाली पर्यटकहरूमा विस्तार गर्न उत्साहित छौँ । र हालको समयमा हाम्रो अन्तर्राष्ट्रिय विस्तार अभियानमा एक नयाँ सदस्य थप्न सफल भएका छौ । यस सहकार्यले नयाँ अवसरहरू खोल्न प्राविधिक सहयोग गर्नेछ, वित्तीय समावेशिता बढाउन तथा नेपाललाई एक सफल डिजिटल अर्थतन्त्र सिर्जना गर्नमा सहयोग पुर्‍याउनेछ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर