नेता-कार्यकर्ताप्रति शंकर पोखरेलको असन्तुष्टि : स्वार्थका लागि हुल बाँधेरै प्रतिस्पर्धा गर्न उत्रिरहेका छन् – Nepal Press

नेता-कार्यकर्ताप्रति शंकर पोखरेलको असन्तुष्टि : स्वार्थका लागि हुल बाँधेरै प्रतिस्पर्धा गर्न उत्रिरहेका छन्

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी कमिटीमा टीम बनाएर भइरहेको प्रतिस्पर्धाप्रति असन्तुष्टि जनाएका छन् । बागमती प्रदेश कमिटीको बैठकमा सम्बोधन गर्दै नीति र नेतृत्व र राजनीतिक मुद्दा फरक नभए पनि केहीले व्यक्तिगत स्वार्थको लागि टीम बनाइरहेको आरोप लगाए ।

उनले भने, ‘यतिबेला पार्टीभित्र नीति र नेतृत्वको प्रश्नमा विवाद छैन । राजनीतिक मुद्दामा पनि पार्टी एकैठाउँमा छ । तर, स्थानीय र प्रदेश तहमा पनि देखियो । कार्यकर्ताभित्रका व्यक्तिगत मतभेदहरूलाई पार्टीभित्रका मतभेदका रूपमा वा समूहबन्दीको रूपमा रुपान्तरण गरेर आफूलाई बलियो देखाउने खोज्ने प्रवृत्ति पार्टीका लागि हानिकारक विषय हो । सहमति भएन भनेपनि व्यक्तिगतरूपमा प्रतिस्पर्धा गर्न पाइन्छ भनेका छौं । तर, त्यसो भइरहेको छैन । प्रतिस्पर्धा गर्ने नेताले हुल बाँधेरै प्रतिस्पर्धा गर्न खोजेको देखिइराखिएको छ ।’

नीति, नेतृत्व र राजनीतिमा भएको एकतालाई स्थानीय तहमा गएर खल्बल्याउन थालिएकोप्रति असन्तुष्टि पोखे ।

पोखरेलले भने, ‘पार्टीमा वैचारिक रूपमा कुनै मतभेद छैन भने आफू नेतृत्वमा आउन टीम बनाउने प्रक्रिया उचित होइन । स्वार्थआधारित टीम बनाउन पार्टीलाई कमजोर बनाउँछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर