चुलाचुलीको चुनावी सभामा ओली र सुहाङबीच के भएको थियो कानेखुसी ? – Nepal Press

चुलाचुलीको चुनावी सभामा ओली र सुहाङबीच के भएको थियो कानेखुसी ?

काठमाडौं । वैशाख १५ को उपचुनावको संघारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलामको चुलाचुली पुगे । आज मध्यरातबाट मौन अवधि सुरू हुने भएकाले अन्तिम चुनावी सभालाई सम्बोधन गर्न ओली नेतासहित इलाम पुगेका हुन् ।

नेम्वाङको पक्षमा माहौल बनाउन ओली माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेललगायतका नेताहरू लिएर इलाम उत्रिएका थिए । सुहाङलाई माओवादी केन्द्रसहित विप्लव नेतृत्वको नेकपाको पनि समर्थन छ । इलामको चुनावी सभामा ओलीको उपस्थिति यो यो दोस्रो पटक हो । ओलीले सम्बोधनको क्रममा सुहाङको जित सुनिश्चित देखेको बताए ।

आजको सभामा सुहाङ र ओलीबीचको कानेखुसीको तस्बिरलाई एमाले नेता-कार्यकर्ताले सेयर गरिरहेका छन् ।

सुहाङसँगको कानेखुसीबारे जानकारी दिँदै ओलीले फेसबुकमा लेखेका छन्, ‘आज चुलाचुलीमा सुहाङको चुनावी कार्यक्रममा सहभागी भएको थिएँ । मैले सुहाङसँग सुटुक्क सोधेँ-कति भोटले जित्नुहुन्छ ?

सुहाङको जवाफ थियो, त्यो त इलामेली जनतालाई सोध्नुपर्छ ।

सुहाङको जनतामाथिको विश्वास मलाई मन पर्‍यो ।

इलाममा सुहाङसँग कांग्रेसका डम्बर खड्का, रास्वपाबाट मिलन मिम्बू, पहिचानवादीहरूको तर्फबाट डकेन्द्र थेगिमबीच प्रतिस्पर्धा हुने देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर