मनमोहनको स्मरण : ललितपुरमा सुनीता डंगोलदेखि विद्या भण्डारीसम्मको जमघट (तस्बिरहरू) – Nepal Press

मनमोहनको स्मरण : ललितपुरमा सुनीता डंगोलदेखि विद्या भण्डारीसम्मको जमघट (तस्बिरहरू)

काठमाडौं । मनमोहन अधिकारीको २५औं स्मृति दिवसमा विविध कार्यक्रम आयोजना गरिएको छ । अधिकारी दक्षिण एशियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका प्रथम अध्यक्षसमेत हुन् ।

मनमोहन स्मृति प्रतिष्ठानले ललितपुरको सानेपामा एक कार्यक्रम आयोजना गरेर अधिकारीको योगदानको स्मरण गर्‍यो । कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली, विष्णु रिमाल, सचिव योगेश भट्टराई, नेकपा एसका उपाध्यक्ष बेदुराम भुसाल, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोललगायत नेता कार्यकर्ता सहभागी भए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डरीले आजको स्वतन्त्रता मनमोहन अधिकारी जस्ता पहिलो पुस्ताका नेताहरूको उन्नत स्तरको चेतना, त्याग र अठोटबाट पाएको बताइन् । उनले मनमोहन अधिकारीको जीवन नयाँ पुस्ताका लागि पढ्नैपर्ने खुला किताब रहेको उल्लेख गरिन् ।

एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले मनमोहन अधिकार कम्युनिष्ट आन्दोलनको सादगी र कहिल्यै विवादमा नपरेको नेता भएको बताए । नेता अधिकारीले सधैँभरि आफूलाई असल मान्छेको रूपमा सबैले चिनिदिउन् भन्ने मान्यता राख्ने नेता भएको पोखरेलले स्मरण गरे ।

अधिकारी २०५१ सालमा पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनेका थिए । अधिकारी नेतृत्वको सरकारले २०५१ सालबाट वृद्धभत्ता दक्षिण एशियामै सामाजिक सुरक्षाको एउटा नमूना कार्यक्रमको रुपमा अघि सारेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर