पछिल्लो तथ्यले पुष्टि गर्छ, भ्रष्टाचारको अभियानमा मैले कसैलाई काखा कसैलाई पाखा गरेको छैन: प्रधानमन्त्री (भिडिओ)


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारको काण्डमा दोषी देखिए सबैलाई कारवाही गर्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै आफूले कसैलाई काखा कसैलाई पाखा नगरेको बताए।
उनले भने, मेरो सरकारको पहिलो प्राथमिकता सुशासन रहेको र सुशासन कायम गर्न कुनै कुरामा सम्झौता नहुने कुरा मैले यस सम्मानित सदनमा विश्वासको मत लिने क्रममा र अन्य सन्दर्भममा बारम्बार व्यक्त गर्दै आएको छु । सुशासनको संकल्प लिएर नै अघि बढेपछि ठूलाठूला भ्रष्टाचार सुन तस्करी, जग्गा हिनामिना लगायतको काण्डहरु छानविन भइरहेको र यसलाई झनै प्रभावकारी बनाइँदै अघि बढेको तथ्य पनि जानकारी गराउँछु। त्यसमा मैले कसैलाई काखा कसैलाई पाखा गरेको छैन। दोषी जोसुकै भएपनि निर्दोष नछुटोस् निर्दोष नपरोस् भन्ने दृढताको साथ अघि बढेको छ। त्यो कुरा हालैको घटनाले पनि पुष्टि गरेको छ।
सुन प्रकरणमा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा पनि पक्राउ परेका छन्।