मधेश सरकारबाट बाहिरिएपछिको अवस्थाबारे समीक्षा गर्दै जनमत, गठबन्धनबारे के गर्ला निर्णय ? – Nepal Press

मधेश सरकारबाट बाहिरिएपछिको अवस्थाबारे समीक्षा गर्दै जनमत, गठबन्धनबारे के गर्ला निर्णय ?

काठमाडौं । जनमत पार्टीको सचिवालय बैठक बस्दैछ। समसामयिक बिषयमा छलफल गर्नको लागि अध्यक्ष डा. सिके राउतले पार्टी कार्यालयमा बस्नेगरी सचिवालयको बैठक बोलाएको प्रवक्ता डा। शरद यादवले बताए।

उनका अनुसार बैठकमा संगठन, हुँदै गरेको वडा अधिवेशन, मधेश सरकारबाट बाहिरिएपछि आवस्था, उपनिर्वाचन लगाएको बिषयमा छलफल हुनेछ।

गठबन्धनप्रति असन्तुष्टि जनाउँदै जनमतले मधेश सरकारबाट बाहिरिसकेको छ। संघमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन कायमै भएपनि सरकारप्रति सन्तुष्ट छैन।

मधेश सरकारबाट बाहिरिएपछि जनमतले गठबन्धनमा भएको आलोपालो सहमति अनुसार मुख्यमन्त्रीको दाबी गर्ने तयारी गरेको छ। मधेशको मुख्यमन्त्री नपाए संघ सरकारबाट बाहिरिनेसम्मको तयारी छ। यद्यपी, गठबन्धनका शीर्ष घटकबीच जनमतलाई सरकारबाट हटाउने सहमति बनिसकेको छ।

तर, आजको बैठकले प्रचण्ड सरकारबारे निर्णय नगर्ने प्रवक्ता यादवले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर