लुम्बिनीमा पनि जनमतको आफ्नै उम्मेदवार, ‘अन्य’मा उठे बालगोविन्द – Nepal Press

लुम्बिनीमा पनि जनमतको आफ्नै उम्मेदवार, ‘अन्य’मा उठे बालगोविन्द

रुपन्देही । केन्द्र र प्रदेशमा सत्ता गठबन्धनमा रहेर सरकारमा बसेको जनमत पार्टीले राष्ट्रियसभा निर्वाचनमा लुम्बिनीमा अलग्गै उम्मेदवारी दिएको छ । जनमतले गठबन्धनमा विद्रोह गर्दै उम्मेदवारी दर्ता गराएको हो ।

प्रदेश सरकारमा जनमतबाट सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ता छन् । सोमबार अपरान्ह अन्य कोटामा जनमतका बालगोविन्द्र चौधरीले उम्मेदवारी दर्ता गराएका हुन् । उनी नवलपरासीका हुन् । यहाँ जनमतको १५९ मतभार छ ।

गठबन्धनको हारजीतमा यो उम्मेदवारीले कुनै फरक नपार्ने भए पनि आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दिइएको चौधरीले जानकारी दिए ।

लुम्बिनीका २ सीटमा ७ जनाको उम्मेदवारी परेको छ । १ महिला कोटामा ३ र १ अन्य कोटामा ४ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए ।

महिला कोटामा नेकपा एमालेबाट तुलसा केसी, गठवन्धनबाट नेपाली काङ्ग्रेसकी विष्णुकुमारी सापकोटा र राप्रपाबाट विजयलक्ष्मी सिंहको उम्मेदवारी परेको छ । अन्यमा एमालेका झविन्द्रबहादुर घर्ती क्षेत्री, गठबन्धनबाट माओवादीका झक्कु सुवेदी, राप्रपाबाट निरञ्जनकुमार थापा र जनमत पार्टीका बालगोविन्द चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रियसभा सदस्यका लागि माघ ११ गते निर्वाचन हुँदैछ । राष्ट्रियसभा सदस्य अनिता देवकोटा र कुमार दसौंदीको कार्यकाल सकिन लागेकाले निर्वाचन हुने भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर