४ घण्टापछि छुटे मन्त्री, सांसदसहित जनमतका नेता-कार्यकर्ता – Nepal Press

४ घण्टापछि छुटे मन्त्री, सांसदसहित जनमतका नेता-कार्यकर्ता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीसहित जनमत पार्टीका नेता कार्यकर्ता रिहा भएका छन् ।

महेन्द्र पुलिस क्लबमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैं पुगेर रिहा गरेको जनमतका प्रवक्ता डा. शरदसिंह यादवले बताए ।

जनमतले ‘राष्ट्रिय धोती दिवस’ को ¥यालीमा ¥याली निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि अनितासहितका नेता कार्यकर्तालाई पक्राउ गरेको थियो । धोतीलाई राष्ट्रिय पोशाकको मान्यता दिन, पक्राउ परेकाहरूलाई छाड्नुपर्नेलगायतका माग राखेर मन्त्रीले अनसन पनि थालेकी थिइन् ।

निषेधित क्षेत्र माइतीघरमा जान लागेपछि मन्त्रीसहित जनमत पार्टीका अध्यक्ष सके राउत, पार्टी उपाध्यक्ष तथा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा अब्दुल खानलगायत करिब सय जनालाई पक्राउ गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर