निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि सिके राउतसहित दर्जन बढी पक्राउ (तस्बिरहरू) – Nepal Press

निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि सिके राउतसहित दर्जन बढी पक्राउ (तस्बिरहरू)

काठमाडौं । ‘राष्ट्रिय धोती दिवस’ को अवसरमा र्‍याली लिएर माइतीघर जान खोजेपछि जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत दर्जन बढी पक्राउ परेका छन् ।

स्थानीय प्रशासनले माइतीघर क्षेत्रमा अहिले कुनै पनि सभा सम्मेलन, प्रदर्शन गर्न रोक लगाएको छ ।

विद्यार्थी जनमत संघको आयोजनामा भएको राष्ट्रिय धोती दिवसको कार्यक्रमा प्रदर्शनकारीहरुले धोती लगाएर दिवस मनाउँदै ‘धोती हाम्रो शान हो’ लगायतका नारा लगाएका थिए ।

बबरमहलस्थित कला परिषदमा जम्मा भएर माइतीघर जान खोजेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर