इजरायलमा मारिएका गणेश नेपालीको सेती नदीमा अन्त्येष्टि, माओवादीले ओढायो पार्टीको झण्डा – Nepal Press

इजरायलमा मारिएका गणेश नेपालीको सेती नदीमा अन्त्येष्टि, माओवादीले ओढायो पार्टीको झण्डा

कैलाली । असोज २० गते इजरायलमा मारिएका बझाङ जयपृथ्वी नगरपालिका–११ का गणेश नेपालीको आज अन्त्येष्टि गरिएको छ । प्यालेस्टाइनी समूह ‘हमास’को आक्रमणमा १० नेपालीले ज्यान गुमाएका थिए । ती मध्ये नेपालीको शव आज मात्रै बझाङ पुगेको थियो । शव पुगे लगत्तै उनको सिमभाडीस्थित सेती नदी किनारमा अन्तिम संस्कार गरिएको हो ।

काठमाडौंबाट हिजो ल्याइएको शव आज दिउँसो १२ बजे उनको निवास भोपुर पुगेको थियो । निवासबाट शव यात्रा सुरु गरिएको थियो । शव यात्रामा ठूलो संख्यामा राजनैतिक दलका नेता कार्यकर्तादेखि सर्वसाधारण सम्मको उपस्थिति रहेको थियो । उनको शवमाथि नेकपा माओवादी केन्द्रले पार्टीको झण्डा पनि ओढाएको थियो ।

सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर बहुमुखी क्याम्पसको कृषि सङ्कायतर्फ स्नातक तह अन्तिम वर्षमा अध्ययनरत गणेश भदौँ २५ गते ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए । इजरायल गएको १ महिना नपुग्दै हमासले गरेको आक्रमणमा ज्यान गुम्यो । घटना सुने लगत्तै विक्षिप्त भएका उनका बुवा आमा शव पुग्ला पनि अचेत भएका थिए ।

असोज २० गते ज्यान गुमाएका १० जना नेपाली मध्ये केही नेपालीहरूको शव अझै नेपाल पुग्न बाँकी छ । कञ्चनपुरका विपिन जोशी अझै सम्पर्कविहीन छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *