हर्क साम्पाङले श्रमदानबाट ल्याएको पानी आइपुगेन, धरान काकाकुल – Nepal Press

हर्क साम्पाङले श्रमदानबाट ल्याएको पानी आइपुगेन, धरान काकाकुल

विराटनगर । सामाजिक सञ्जालमा धरानका मेयर हर्क साम्पाङको तरह तरहका स्ट्याटस आइरहन्छन् । स्ट्याटस मात्रै होइन उनी तस्बिर र भिडियोहरू पनि सञ्जालमा पोस्ट गरिरहन्छन् ।

पछिल्लो समय भने उनी धराने जनतालाई पानी खुवाउन प्रयासरत रहेको सामाजिक सञ्जालबाट प्रमाणित गर्न खोजिरहेका छन् ।

यसका लागि उनी कहिले आगो निभाउँदै गरेको अवस्थाका फोटो हाल्न व्यस्त छन् त कहिले रात भरी जङ्गलमा सुतेर खानेपानीको पाइप आगोबाट संरक्षण गरेको प्रचार समेत गरिरहेका छन् ।

कहिले आफ्ना विरोधीहरूले खानेपानीको पाइप काटेको, आगो लगाइदिएको भन्दै सामाजिक सञ्जालमा गाली गर्छन् । उनले पानी ल्याउन खटेको देखाएर सहानुभूति बटुल्न प्रयासरत रहेको देखाइरहँदा धरान भने काकाकुल छ ।

धराबाट पानी नआउने धरानमा ट्याङ्करबाट समेत पानी किनेर खान पालो पर्खनु परेको छ । पानीका कारण होटल विद्यालय र अस्पतालमा समेत समस्या छ । ट्याङ्कर व्यवसायी घनश्याम बुढाथोकी अनुसार अहिले धरान ४१ वटा ट्याङ्करले पानी बेचिरहेका छन् । एउटा ट्याङ्करले दैनिक ५ देखी ७ पटक पानी ओसार्छन् ।

उनले भने ‘तर ट्याङ्करले माग अनुसार पानी पुर्‍याउन सकिरहेको छैन ।’ ट्याङ्करको विकल्पमा अहिले खुला जिप गाडीमा ट्याङ्की र मोटर राखेर पानीको व्यापार गर्न थालिएको छ ।

पानीको हाहाकार हुँदा धराने मेयर साम्पाङ भने सामाजिक सञ्जालमा धराने जनतालाई पानी खुवाउन लागि परेको प्रमाण जुटाउन लागेका छन् ।

धरानमा खानेपानीको चरम सङ्कट आएपछि सर्वसाधारण भने उनको कार्यकक्षमा धर्ना दिन पुग्न थालेका छन् । आइतबार मात्रै वडा नम्बर १,२ र १२ नम्बर वडाका बासिन्दाले धरानमा मेयर हर्क साम्पाङको कार्यकक्ष घेराउ गरेका छन् ।

घेराउ गर्न पुगेका स्थानीयलाई नगर प्रहरीले बल प्रयोग गरेर रोक्नु परेको छ । स्थानीय मेयर साम्पाङको कार्यालय पुग्दा प्रहरी तैनाथ राखिएको थियो ।

खानेपानीको चरम अभाव भएपछि खानेपानी संस्थानले दिन बिराएर पानी पठाउने गरेको थियो ।

दिन बिराएर दिनुपर्ने पालोमा पनि खानेपानी नआएपछि वडा नं १, २ र १२ का बासिन्दाहरूले धरानका मेयर हर्क साम्पाङको कार्यकक्षमा घेराउ गरेका हुन ।

तीन वटा वडाका जनप्रतिनिधिहरूसहित पुगेका वडावासीहरूले धारामा पानी आउन छोडेको ४ महिनाभन्दा बढी भइसकेको गुनासो गरेका छन् । वडा नं १ मा विगत अढाई महिनादेखि पानीको चरम अभाव खेप्नु परेको वडाध्यक्ष यज्ञमणि आचार्यले बताए ।

विगतमा खानेपानी बोर्डमा गएर गुनासो राख्ने गरे पनि बेवास्ता गरिएपछि बोर्डका अध्यक्ष मेयर भएकोले उपमहानगरपालिकामै गएर समस्या राखेको वडाध्यक्ष आचार्यले बताए ।

खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलका अनुसार धरानमा दैनिक ३ करोड लिटर खानेपानीको माग रहेको छ । धरानमा अहिले दैनिक १ करोड ६० लाख लिटर मात्र पानी ट्याङ्कीमा खसिरहेको छ । श्रोत सुकेका कारण वेल सुकेकाले पानीको समस्या भएको पोख्रेलले बताए ।

धरानको खानेपानी वितरणमा प्रणालीमा १३ वटा वेलबाट सतहमुनिको पानी आइरहेको छ । तर विद्युतको अनियमितताका कारण ती वेलबाट पनि क्षमता अनुसारको पानी आउन सकेको छैन ।

श्रमदानका नाममा हल्ला खल्ला आएन पानी

धरानका मेयर हर्कको चुनावी एजेन्डा थियो धरानको खानेपानीको समस्या समाधान । उनको यही एजेन्डाबाट काकाकुल धरानेले उनलाई मेयरमा निर्वाचित गराए ।

उनी निर्वाचित भएपछि श्रमदान अभियान सञ्चालन गर्दै विभिन्न श्रोतबाट खानेपानी ल्याउन अभियान सञ्चालन गरे । उनले भालु खोला, निसाने पकुवा, सेउती, सर्दु खर्दु लगायतका खोलाबाट धरानको खानेपानीको नेटवर्कमा पानी ल्याएको दाबी गरे । यस्तै उनले ४२ किलोमिटर टाढा कोकाह खोलाबाट समेत धरानमा पानी झारेकोमा खुसीयाली मनाए ।

तर अहिले श्रोत सुकेका पकुवा, निसाने, भालु खोला र सेउतीबाट एक थोपा पनि पानी झरेको छैन । सर्दु खर्दुबाट तिर तिरे पानी झरे पनि यसले धरानको खानेपानी समस्या समाधानमा कुनै भूमिका नखेल्ने निर्देशक पोख्रेल बताउँछन् ।

उनले भने ६ दिनदेखि कोकोहबाट आएको पानी पनि रोकिएको छ यसले धरानमा पानीको काकाकुल अवस्था सृजना भएको छ । उनले आगोका कारण पाइपमा समस्या भएकाले कोकाहको पानी नआएको बताए ।

धरानका मेयर हर्क साङ्गोपाङ्ग योजनामा पाइप तानेर कोकाहबाट पानी ल्याइएको छ । जमिन माथि पाइप नपुरी पानी ल्याएका कारण खानेपानीको पाइपमा आगोलागिको पोख्रेलले बताए ।

धरानको मेयर साम्पाङ अहिले पनि मेयर साम्पाङ डढेलोबाट पाइपलाई क्षति हुन नदिने अग्निरेखा ९फायर लाइन० बनाउन जाने गरेका छन् ।

जनता पानी नपाएर काकाकुल हुँदा पनि मेयर साम्पाङले वितरण प्रणालीलाई व्यवस्थित गरेर समस्या हल गर्न ध्यान नदिएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।


प्रतिक्रिया

3 thoughts on “हर्क साम्पाङले श्रमदानबाट ल्याएको पानी आइपुगेन, धरान काकाकुल

  1. बल्ल ठिक्क पर्यो खुब हर्क हर्क भन्दै हिड्ने धराने मुला हरु खोइ त्यस्तो मुला पागल लाई मेयर बनाए पछि यस्तै एक दम ठिक गर्यो

  2. जन्ताले के समस्या भोगेको छन मेरो छेत्र मा के समस्या छ भन्ने चिन्ता छैन साला पागल लाई एउटा ताईन तुईको गिटार बोक्यो थाक र थुक गर्यो बस्यो यस्तो पनि मेयर हुन्छ हुन त धराने भेडाहरुले खोजेको नै त्यस्तै बल्ल ठिक्क परेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *