एमाले भोजपुरमा मक्कर खड्काको प्यानलै विजयी, कसले कति ल्याए ? (मतसहित) – Nepal Press

एमाले भोजपुरमा मक्कर खड्काको प्यानलै विजयी, कसले कति ल्याए ? (मतसहित)

भोजपुर । नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ ।

भर्खरै सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष शरणकुमार राईको प्यानललाई हराउँदै खड्काको प्यानलले नेतृत्व हत्याएको हो । खड्का यसअघि जिल्ला कमिटी उपाध्यक्ष थिए ।

अध्यक्षमा निर्वाचित मक्करले ३१७ भोट पाउँदा शरण राई २२३ मतमा रोकिए । दुईजनाबीच ९४ भोटको अन्तर छ ।

उपाध्यक्षमा किरण राई ३११ मत ल्याएर विजयी भए भने कृपाशुर शेर्पाले २१६ भोट ल्याए । सचिवमा ३४७ भोट ल्याएर एक्सन राई विजयी हुँदा ज्ञानेन्द्र कार्कीले १६८ भोटमात्र ल्याए । पत्रकार महासंघ भोजपुर शाखाका अध्यक्षसमेत रहेका एक्सनले पदाधिकारीमा सबैभन्दा बढी मत प्राप्त गरेका छन् ।

उपसचिवमा ३०४ भोट ल्याएर दौलथ कुलुङ राई विजयी भए । जगतबहादुर चौहानले १७३ भोट र साइती राईले ११ भोट ल्याइन् । गत स्थानीय चुनावमा टिकट नपाएपछि विद्रोह गरेर साल्पासिलिछो गाउँपालिकाको अध्यक्ष जितेका दौलथले यही अधिवेशनबाट एमालेमा कमव्याक गरेका हुन् ।

महिला उपसचिवमा रमादेवी राई २९३ भोट ल्याएर विजेता बन्दा मेरिका राई २१६ भोटमा रोकिइन् ।

नेतृत्व चयनका लागि ६०८ जना प्रतिनिधिमध्ये ५७३ जनाले मतदान गरेका थिए ।

नवौं अधिवेशनबाट निर्वाचित सबै पदाधिकारीलाई स्थायी कमिटी सदस्य एवं कोशीका पूर्वमुख्यमन्त्री शेरधन राईले साथ दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर