राष्ट्रपति पौडेलसँग जापानी विदेशमन्त्रीले गरिन् शिष्टाचार भेट – Nepal Press

राष्ट्रपति पौडेलसँग जापानी विदेशमन्त्रीले गरिन् शिष्टाचार भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष जापानी विदेशमन्त्री कामिकावा योकोले शितल निवासमा शिष्टाचार भेट गरेकी छन् ।

भेटका अवसरमा नेपाल र जापानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।

छलफलमा राष्ट्रपति पौडेलले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान लामो समयदेखि एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारको रुपमा रहेको उल्लेख गर्दै नेपाल र जापानबीच आगामी दिनहरुमा आर्थिक सहयोगलगायत अन्य सहकार्यका क्षेत्रहरु थप विस्तार हुने विश्वास व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *