राष्ट्रपति पौडेलद्वारा उपराष्ट्रपति यादवको स्वास्थ्यलाभको कामना – Nepal Press

राष्ट्रपति पौडेलद्वारा उपराष्ट्रपति यादवको स्वास्थ्यलाभको कामना

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यलाभको कामना गरेका छन् ।

राष्ट्रपति पौडेलले डेंगु सङ्क्रमण भएपछि बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना हुनुभएका उपराष्ट्रपति यादवको स्वास्थ्यलाभको कामना गरेका हुन् ।

राष्ट्रपति पौडेलले उपराष्ट्रपति यादवलाई टेलिफोन गरी स्वास्थ्यलाभको कामना गरेको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले  जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर