प्रहरीको हतियार खोस्ने ६ जना लुटेरा पक्राउ – Nepal Press

प्रहरीको हतियार खोस्ने ६ जना लुटेरा पक्राउ

विराटनगर । ड्युटीमा खटिएका सादा पोषकका प्रहरीको हतियार लुट्ने ६ जना पक्राउ परेका छन् ।

सुनसरीको बर्जूमा शुक्रवार राती ड्युटीमा खटिएका प्रहरीको चाइनिज पेस्तोल लुट्ने लुटेरा समूहका ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले बुढीगंगा गाउँपालिकाको बाँसबारीका रिजवान मियाँसहित ६ जनालाई पक्राउ गरेको हो ।

लुटेराले प्रहरीको साथमा भएको ठुलो चाइनिज पेस्तोल र सात राउन्ड गोली लुटेर लगेका थिए ।

प्रहरीको लुटेर लगेको चाइनिज पेस्तोल र लुटेरासँग भएको कटुवा पेस्तोल प्रहरीले बरामद गरेको छ । यस्तै प्रहरीले उनीहरूको साथबाट लुटेको मोवायल, रकम पनि बरामद गरेको छ ।

प्रहरीले बोकेको पेस्तोल म्यागेजिनबाट फाइरिङ नभएपछि लुटेरा समूहले आक्रमण गरेर हतियार लुटेर लगेको अनुसन्धानबाट खुलेको छ ।

सीमावर्ती क्षेत्रमा हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको सूचनाका आधारमा त्यस सम्बन्धित सूचना सङ्कलन गर्न प्रहरी जवान विमल परियार र प्रेम चौधरीलाई प्रहरीले खटाएको थियो ।

सुनसरी र मोरङमा श्रृंखलावद्ध लुटपाट र प्रहरीको हतियार लुटेर समूह पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर