अप्रेसनको डरले अस्पतालबाट एक्लै हिँडेकी उज्जली जब प्रसूति व्यथाले बाटोमै ढलिन्.. – Nepal Press

अप्रेसनको डरले अस्पतालबाट एक्लै हिँडेकी उज्जली जब प्रसूति व्यथाले बाटोमै ढलिन्..

काठमाडौं । प्रसूति व्यथा लागेपछि अस्पताल पुर्‍याइएकी बाजुरा जारिमतोलाकी गर्भवतीले अप्रेसनको डरले अस्पतालबाट फर्किने क्रममा बाटोमै शिशुलाई जन्म दिएकी छन् ।

बाजुराको बूढीगंगा नगरपालिका १० वडाध्यक्ष तथा नेकपा एमालेका नेता डेभिड क्षेत्रीले वडाध्यक्ष र स्वास्थ्य इन्चार्जको रोहबरमा बाटोमै सुत्केरी भएकी हुन् । खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १ जारिमतोला निवासी ३२ वर्षीया उज्जली सुनार उपचारका क्रममा अछामको बयलपाटा अस्पताल पुगेकी थिइन् ।

चिकित्सकले उनको स्वास्थ्य जाँच गर्ने क्रममा बच्चा पाउने अवधि दुई साता नाघिसकेको भन्दै तत्काल शल्यक्रिया गरेर बच्चा जन्माउनुपर्ने सुझाव दिएका थिए ।

वडाध्यक्ष क्षेत्रीका अनुसार डाक्टरको सल्लाहपछि अप्रेसनको डरले उनी घर फर्किने क्रममा बूढीगंगा नगरपालिका वडा नम्बर १ स्थित पानीभुवाको सडकमा व्यथा लागेर ढलेकी थिइन् ।

उनलाई सडकमा ढलेको अवस्थामा सोही वडाकी अनमी सिर्जना सार्कीले सघाएर शिशुलाई जन्म दिएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिएका छन् । उनले बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै घरसम्म पुर्‍याउन सहयोगको आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर