अन्तर विद्यालय मदन भण्डारी ‘५ किमी रोड रेस’ हुँदै – Nepal Press

अन्तर विद्यालय मदन भण्डारी ‘५ किमी रोड रेस’ हुँदै

कैलाली । जननेता मदन भण्डारीको ७२ औँ जन्म जयन्तीको अवसरमा कैलालीका ‘५ किमी रोड रेस’ हुने भएको छ ।

बुधबार नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेश कमिटीले आयोजनामा हुन लागेको मदन भण्डारी ‘५किमी रोड रेस’ को सम्पूर्ण तयारी पुरा भइसकेको नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष प्रकाश चन्दले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा महिला र पुरुष गरि ४ सय भन्दा बढि बिद्यार्थीहरुको सहभागिता रहने छ । यस प्रतियोगितामा सहभागी हुन सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लाका विद्यालयबाट विद्यार्थीहरू उपस्थित हुँदै छन् ।

धनगढी चौराहा देखी बोराडाडीस्थित फाप्ला चोक सम्म र त्यहाँबाट पुन धनगढी चौराहा सम्मको ५ किमी दौड बुधबार बिहान ६ बजे सुरु हुने अध्यक्ष चन्दले जानकारी दिए ।

प्रतियोगिताका विजेता छात्र र छात्रा दुबैलाई प्रथमलाई १०÷१० हजार, दितियलाई ७÷७ हजार, तृतीयलाई ५÷५ हजार , चौथो पाँचौँ र छैटौँले क्रमशः ३ हजार देखी १ हजार सम्म पाउने छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *