नेपाललाई चौथो सफलता, दबाबमा वेष्ट इन्डिज – Nepal Press

नेपाललाई चौथो सफलता, दबाबमा वेष्ट इन्डिज

काठमाडौं । वेष्ट इन्डिज ‘ए’ विरुद्धको दोस्रो टी-२० खेलमा नेपाललाई चौथो सफलता मिलेको छ ।

नेपालका लागि कुशल भुर्तेलले चौथो सफलता दिलाएका हुन् । चौधौँ ओभरको दोस्रो बलमा कुशलले वेष्ट इन्डिज ‘ए’ का केसी काटीलाई आउट गराएका हुन् ।

योसँगै कुशललाई व्यक्तिगत दोस्रो सफलता मिलेको छ । यसअघि कुशलले दशौं ओभरको अन्तिम बलमा कुशलले वेष्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजलाई आउट गरेका थिए ।

टीयु क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिज ‘ए’ ले १४ ओभरको खेल सकिदा ४ विकेट गुमाएर ८३ रन जोडेको छ ।

यसअघि जोनसन चार्ल्स ११ र एलिक अथान्ज ६ रनमा आउट भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *