प्रथम कर्णाली म्याराथनको उपाधि विभागीय टिमलाई – Nepal Press

प्रथम कर्णाली म्याराथनको उपाधि विभागीय टिमलाई

सुर्खेत । प्रथम ज्ञान कर्णाली हाफ म्याराथनको पुरुष तर्फको उपाधि नेपाली सेनाका नरेन्द्र रावलले जितेका छन् भने महिला तर्फको उपाधि विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) की पुष्पा भण्डारीले जितेकी छन् ।

शनिबार बिहान सुर्खेतको वीरेन्द्रनगरमा भएको २१ किलोमिटर दौडमा पुरुष तर्फको हाफ म्याराथनको उपाधि नेपाली सेनाका रावलले जितेका हुन भने महिला तर्फको भण्डारी जितेकी हुन् ।

सल्यानकी भण्डारीले एपीएफबाट अन्तर्राष्ट्रिय स्तरका दौडमा उपाधि चुम्दै आएकी छन् ।यस्तै, पुरुष तर्फबाट नेपाली सेनाका रामजी बस्नेत दोस्रो र श्रीकश राई तेस्रो भएका छन् ।

सशस्त्र प्रहरी बल (एपीएफ) का राजन चौधरी चौथो हुन सफल भएका छन् । साथै, महिलातर्फको उपाधिमा नेपाली सेनाकी सिर्जना पाण्डे दोस्रो हुँदा जुम्लाकी राज्यलक्ष्मी रावत तेस्रो भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर