पीएसजी छाड्ने एमबाप्पेको घाेषणा – Nepal Press

पीएसजी छाड्ने एमबाप्पेको घाेषणा

काठमाडाैं । फ्रान्सेली लिग च्याम्पियन पीएसजीका स्टार खेलाडी तथा फ्रान्स राष्ट्रिय टिमका फर्वाड किलियन एमबाप्पेले सिजनको अन्त्यमा पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने घाेषणा गरेका छन् ।

२५ वर्षीय एमबाप्पेले आफ्नो सामाजिक सञ्जालमा जारी भिडियोमार्फत उनले पिएसजीमा आफ्नो लागि यो सिजन अन्तिम हुने बताए ।

उनले भिडियो सन्देशमा भने ‘मैले सधैँ भनेको समय आएपछि म तपाईंसँग कुरा गर्छु भन्दै आएको थिएँ । पेरिस सेन्टजर्मेनमा यो मेरो अन्तिम वर्ष हो। म करार विस्तार गर्दिनँ र यो यात्रा केही हप्तामा समाप्त हुनेछ।’

मोनाकोबाट अगस्ट २०१७ मा १६.५७ करोड पाउन्डमा पीएसजीमा सामेल आएका उनले पीएसजीकोलागि कीर्तिमानी २५५ गोल गरेका छ्न् । उनी अब एम्बाप्पे रियल मड्रिडमा सामेल हुने करिव निश्चित भएको खेल विश्लेषकहरुको दावी छ । विविसी सहित विश्वका चर्चित मिडियाले उनले रियलसँगै सबै प्रक्रिया पूरा गरिसकेको समाचार समेत सार्वजनिक गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर