सन्दीपको मुद्दा आज पनि हेर्न नभ्याइनेमा, टि-२० विश्वकप खेल्ने सम्भावना क्षीण – Nepal Press

सन्दीपको मुद्दा आज पनि हेर्न नभ्याइनेमा, टि-२० विश्वकप खेल्ने सम्भावना क्षीण

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामाथि आज पनि उच्च अदालतमा बहस हुन सकेन । समय अभावका कारण न्यायाधीसले मुद्दालाई नभ्याइनेमा राखेका थिए ।

सन्दीपको मुद्दा न्यायाधीसद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको ४ नम्बर इजलासमा परेको थियो । छैटौं नम्बरमा रहेको मुद्दाको पालो नआएपछि सुनवाइ हुन नसकेको हो । यसअघि गत वैशाख १० गते तोकिएको पेशी पनि हेर्न नभ्याइनेमा परेको थियो ।

अदालतमा सुनवाइ धकेलिँदा सन्दीपले टि-२० विश्वकप खेल्ने सम्भावना क्षीण बन्दै गएको छ । नेपालसमेत सहभागी हुने टी-२० विश्वकप जून २ बाट सुरु हुँदैछ । नेपाल क्रिकेट संघका अनुसार आउँदो मे १ सम्ममा नेपालले आफ्नो १५ सदस्यीय स्क्वाडको छनोट गरेर आइसीसीलाई पठाइसक्नुपर्ने हुन्छ ।

यदि उच्च अदालतले सुनवाइ गरेर सफाइ दिएको खण्डमा सन्दीप क्रिकेटमा फर्किन सक्नेछन् । तर, आज पनि सुनवाइ हुन नसकेपछि सन्दीप विश्वकप खेल्न अमेरिका जाने सम्भावनाको ढोका लगभग बन्द भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *