शिशिरको ‘माया गर्छु म’ रिलिज, मिस पबी र कृष्ण श्रेष्ठको अभिनय (भिडिओ) – Nepal Press

शिशिरको ‘माया गर्छु म’ रिलिज, मिस पबी र कृष्ण श्रेष्ठको अभिनय (भिडिओ)

काठमाडौँ । शिशिर खातीको निर्देशनमा तयार ‘माया गर्छु म’को भिडिओ रिलिज भएको छ । आधा दर्जन बढी फिल्मका गीतमा कोरियोग्राफी गरिसकेका र म्यूजिक भिडिओमा पनि व्यस्त बन्दै गएका खातीको सार्वजनिक गीत ‘माया गर्छु म’मा गायक देबेन्द्र बरालको स्वर रहेको छ ।

डिपी खनालका शब्द तथा गायक बरालकै संगीत रहेको सार्वजनिक गीतमा बच्छा यादवको एरेन्ज, कुमार केसीको मिक्सिगं तथा मास्टरिङ रहेको सार्वजनिक गीतमा मोडलद्धय मिस पवी र कृष्ण श्रेष्ठको अभिनय रहेको छ । भिडियोले एकोहोरो मायामा परेका प्रेमीको माया र त्यागलाई देखाउन खोजेको छ ।

प्रेमीले प्रेमिकाको वर्णन गरेर नथाकेको गीतले एकोहोरो मायामा डुब्ने प्रेमीको सफा मन भित्र पलाएको मायालाई देखाएको छ । शंकल भुजेलको छायांकन तथा मनोज कार्कीको सम्पादन रहेको भिडिओको कन्सेप्ट निर्देशक शिशिरकै रहेकै रहेको छ ।

भिडिओ:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर