ओलीको भाषणमा एमालेकै सांसदहरु निदाएर ताली बजाउन बिर्सिनुभयो : विमलेन्द्र निधि – Nepal Press

ओलीको भाषणमा एमालेकै सांसदहरु निदाएर ताली बजाउन बिर्सिनुभयो : विमलेन्द्र निधि

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा भाषण गर्दा एमालेकै सांसदहरु निदाएको निधिले टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बजेटमाथि छलफलको क्रममा ओलीले करिब २ घण्टा बोलेका थिए ।

उनले संसदीय प्रणालीप्रति प्रतिबद्ध भएर प्रतिपक्षको भूमिका निर्वाह गरेको टिप्पणी गरे ।

उनले भने, ‘प्रतिपक्षको भूमिका सत्तापक्षको बजेटलाई कुनै पनि हालतमा समर्थन गर्न हुँदैन। धेरै बेर पर्खिएँ म पनि, स्वयं प्रतिपक्षको बेन्चतिर हेरें । समय जति बित्दै गयो एमालेका सांसदहरु नै निदाउन थाल्नुभएको थियो। ताली बजाउन पनि बिर्सिनुभएको थियो ।’

उनले अर्थमन्त्रीले बजेट प्रस्तुत गर्न जति टाइम लिएको भन्दै कटाक्ष गरे ।

उनले ओलीप्रति व्यंय गर्दै भने, ‘प्रतिपक्षी दलका नेताले राम्रो होमवर्क गर्नुभएको रहेछ । बजेटमाथिको टिप्पणी आफैंले लेखेको हो कि अरुले लेखिदिएको हो। यद्यपी होमवर्क राम्रो गरेर आउनुभएको रहेछ धन्यवाद ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर