गगन थापाको उद्घोष- एमाले र माओवादीको गठबन्धन माघ कट्दैन (भिडिओ) – Nepal Press

गगन थापाको उद्घोष- एमाले र माओवादीको गठबन्धन माघ कट्दैन (भिडिओ)

चुनावअघि गठबन्धन मतदातालाई धोका र बेइमानी भएको टिप्पणी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले-माओवादीको गठबन्धन आगामी माघ महिना नकट्ने दाबी गरेका छन् ।

इलाममा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले चुनावअघिको गठबन्धनलाई अब बिदा गर्नुपर्ने बताए ।

उनले भने, ‘इलामको यो चुनाव गठबन्धनको राजनीतिक भविष्यसँग जोडिएको छ । चुनावमा गठबन्धनको राजनीति गलत हो भन्ने इलामले स्थापित गर्नुपर्छ । हामीले यसअघि गठबन्धन गरेर चुनाव लडेको हुनाले आगामी निर्वाचनसँग सँगै रहन चाहन्थ्यौं । तर, हाम्रो चाहनाले मात्रै भएन । आज एमाले र माओवादी जोडिएर फेरि आउनुभएको छ । आज वैशाख ८ गते म यहाँ उभिएर भन्दैछु, यो अहिलेको गठबन्धनले २०८१ को माघ कटाएछ भने म तपाईंहरूकै अघि उभिएर जवाफ दिन आउनेछु ।’

उनले चुनावअघि गठबन्धन मतदातालाई धोका र बेइमानी भएको टिप्पणी गरे ।


प्रतिक्रिया

One thought on “गगन थापाको उद्घोष- एमाले र माओवादीको गठबन्धन माघ कट्दैन (भिडिओ)

  1. त्यहि माओवादीको भोटले जितेको छ । फुर्ति लगाउने ? पाए आफू नै मन्त्री खान हिडथ्यो होला । काँग्रेसजस्तो लेश लुटनेहरूको पार्टीको नेताले फुर्ति लगाउने ? देश लुटेराहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर