एमालेले सुहाङलाई उम्मेदवार बनाएकोबारे गगनको प्रश्न- इलामले राजतन्त्र खोजेको हो ? (भिडिओ) – Nepal Press

एमालेले सुहाङलाई उम्मेदवार बनाएकोबारे गगनको प्रश्न- इलामले राजतन्त्र खोजेको हो ? (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले इलामले गणतन्त्र चाहेको हो कि राजतन्त्र भन्ने कुरा उपनिर्वाचनबाट प्रस्ट हुने बताएका छन् ।

इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेले सुवास नेम्वाङका छोरा भएकै कारणले सुहाङलाई उम्मेदवार बनाएर राजतन्त्रको जस्तो व्यवहार देखाएको बताए ।

उनको भनाइ जस्ताको तस्तै

सुवास नेम्वाङलाई इलामले आफ्नै ढंगले सम्झेला, उहाँलाई संविधानसभा अध्यक्षदेखि एमालेसँग संवाद हुँदा दोस्रो तहमा सबैभन्दा धेरै संवाद भएको नेताको रुपमा पनि म सम्झन्छु । म अहिले पनि उहाँलाई सम्मान गर्छु । उहाँको महत्वपूर्ण विचार भनेको नेपालमा गणतन्त्र आवश्यक छ भन्ने नै हो । गणतन्त्रको अर्थ कुनै कुलमा जन्मिएको आधारमा, कसैको छोराछोरी भएको आधारमा, कसैले केही कुरा प्राप्त गर्छ भने त्यो गणतन्त्र होइन ।

उहाँलाई आजको दिनमा पनि मैले यसरी मान्छु, सायद उहाँ भएको भए पनि उहाँले भन्ने कुरा यही हुन्थे होला । कुनै व्यक्तिले राजनीति नै गरिरहेको छ, आफ्नो मेहनतको आधारमा राजनीति गरेर हिँडेको छ, पार्टीको कार्यकर्ता नै छ भने कसैको परिवार भनेर आफूले पाउने अधिकारबाट वञ्चित हुन हुँदैन ।

तर, कोही कसैको परिवारमा जन्मिएको आधारमा, कुल र वंशको आधारमा सिंगो देश गणतन्त्रमा गएको बेलामा के इलामले राजतन्त्र खोजेको हो ? त्यसको उत्तर इलामले दिनुपर्छ । गणतन्त्रको पक्षमा मत हाल्ने कि राजतन्त्रको पक्षमा मतदान गर्ने भन्ने सोच्नुपर्छ ।


प्रतिक्रिया

2 thoughts on “एमालेले सुहाङलाई उम्मेदवार बनाएकोबारे गगनको प्रश्न- इलामले राजतन्त्र खोजेको हो ? (भिडिओ)

  1. ए थापा जी प्रदेशको चुनावमा कांग्रेसले कसलाई उठाएको थाहा छ ।

  2. गगन जि बझाङको प्रदेशसभामा कसलाइ उठाएको छ नेपाली काङ्रेसले तेति नि हेक्का नराखी बोल्ने मानिसलाई नेता मान्नु पर्ने कठै मेरो देश? थापाजी अनि बझाङले चाही राजतन्त्र हो कि ? कुन तन्त्र खोजेको हो नि? ? ? ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर