नेपाल स्काउटलाई सामाजिक उत्तरदायित्व वहन गर्न आग्रह – Nepal Press

नेपाल स्काउटलाई सामाजिक उत्तरदायित्व वहन गर्न आग्रह

रुपन्देही । लुम्बिनी प्रदेशसभा सदस्य तथा निवर्तमान मुख्यमन्त्री लिला गिरीले मुलुकमा अहिले राजनैतिक बिचलन भएको वर्तमान अवस्थामा नेपाल स्काउटले सामाजिक क्षेत्रमा खेलेको भूमिका सराहनीय रहेको बताएका छन् ।

नेपाल स्काउट लुम्बिनी प्रदेशले आयोजना गरेको ५४ औं उड्व्याज तथा ४५औं गर्ल एड्भान्स तालिमको बुधबार बुटवलमा उद्घाटन गर्दै नेता गिरीले समुदायमा रहेका युवा तथा बालबालिकाको सामाजिक, मानसिक तथा शारिरीक तवरले राष्ट्रनिर्माणका लाग्नसक्ने जनशक्ति तयारगर्न सक्षम रहने बताए ।

नेता गिरीले स्काउटले बालबालिकाहरुमा सानै उमेरदेखि सहासिक क्रियाकलाप, विपद् व्यवस्थापन र सामुदायिक कार्यमा लाग्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै उच्च प्रसंशा पनि गरे । देशलाई समस्या परेका बेला उद्दार, राहत लगायतका कार्यमा स्काउट सधैं अग्रपंक्तिमा उभिंदै आएको उनको भनाई थियो ।

नेपाल स्काउटले वर्तमान समाजमा देखिएको धमिलो वातावरणकाविरुद्ध अनुशासित, कर्तव्यनिष्ठ नैतिकवान र असल नागरिक तयार गराई सामाजिक दायित्व पुरागर्ने नागरिक तयार गर्नमा स्काउट सक्षम रहने गिरीको विश्वास छ ।

नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति सदस्य तथा राष्ट्रिय प्रशिक्षक बिजेन्द्र धोजुले राज्यको संघिय संरचना साथै नेपाल स्काउटको संरचनामा पनि ब्यापक परिवर्तन भएको बताए । स्काउट कार्यक्रम एक सामाजिक शैक्षिक कार्यक्रम भएकोले जनप्रतिनिधि, शिक्षासंग संबन्धित संघ सस्था, नागरिक समाज लगायतको सहयोगमा दक्ष्य नागरिक तयार गर्ने लक्ष्य रहेको प्रशिक्षक धोजुले बताए ।

नेपाल स्काउट लुम्बिनी प्रदेश संयोजक दिनानाथ भट्टराईले लुम्बिनी प्रदेशमा सन् २०३२ सम्ममा १ लाख ३८ हजार स्काउट सदस्य बनाई एक घर एक स्काउट साथै एक बिद्यालय एक युनिट तयार गरि समाज परिवर्तनमा टेवा पुर्‍याउने लक्ष्य प्रदेश स्काउट कार्यालय बुटवलले लिएको बताए ।

उनले यो वर्ष प्रदेशका १२ वटै जिल्लामा गरि जम्मा ८ सय ४५ जनालाई बि.टि.सी र पि.टि.सी. तालिम दिइएकाृ सो को आधारमा सदस्यता बृद्धि अभियानलाई तीब्रता दिने बताए । उनले आगामी दिनमा प्रदेश स्तरीय क्याम्प संचालन गरी स्काउटका क्रियाकलापलाई अगाडि बढाउने बताए ।

जेठ २२ गतेसम्म चल्ने आवासीय तालिममा लुम्बिनी प्रदेशका १२ जिल्ला साथै बाग्मती प्रदेश, र गण्डकी प्रदेशका गरी जम्मा ४५ जनामध्ये २६ जना पुरुष र १९ जना महिला गरी रहेको स्काउट लुम्बिनी प्रदेश कार्यालय प्रमुख तारा पुरीको भनाइ थियो । यसै अवसरमा लुम्बिनी प्रदेश संयोजक भट्टराई र पवन कोइरालाले गिलविल स्कार्फ र उडब्याज प्राप्त गरेका थिए । कार्यक्रमको सहजीकरण स्काउटका प्रदेश कार्यालयका प्रमुख तारा पुरीले गरेका थिए ।

के हो नेपाल स्काउट ?

नेपाल स्काउट २००९ सालमा स्थापना भएको नेपालकै पुरानो मध्येको जेठो संस्था हो । आफ्नै उद्देश्य, मुल्य र मान्यता भएको यो अन्तर्राष्ट्रिय कार्यक्रमका पुरुष विभाग र महिला विभाग गरी संसारभर दुई शाखा छन् । हाल विश्वका १७० देशमा ब्वाय र १५० देशमा गर्ल स्काउट राष्ट्रिय संस्थाहरु छन् । विश्वभर यी संस्थाका पाँच करोड व्याय स्काउट र एक करोड गर्ल स्काउट सदस्यहरु रहेको बताइन्छ ।

स्काउट संस्था विश्वकै सबैभन्दा बढी बालबालिका, युवायुवती संलग्न रहेको संस्था हो । विधान, नियम र व्यवस्थाहरु सरकारले निर्धारण गरेको यो संस्था शुरुदेखि नै स्वयमसेवीहरुबाट संचालित छ । यसका विधान, नियम, विनियमहरु समयानुकुल आवश्यकता अनुसार संशोधन एवं परिमार्जित हुँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर