सांसदहरुसँग प्रधानमन्त्रीको संकल्प- भारतसँग गलत सन्देश जाने गरी कुनै सम्झौता गर्दिनँ – Nepal Press

सांसदहरुसँग प्रधानमन्त्रीको संकल्प- भारतसँग गलत सन्देश जाने गरी कुनै सम्झौता गर्दिनँ

बजेटदेखि सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानका बारेमा ब्रिफिङ

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका बारेमा संसदीय दलमा जानकारी गराएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको माओवादी संसदीय दलको बैठकमा प्रचण्डले आफ्नो भारत भ्रमण र एजेण्डाका बारेमा जानकारी गराएका हुन् ।

भारत भ्रमणलाई जतिसक्दो उपलब्धिमूलक बनाउने र नेपाली जनतामा गलत सन्देश जाने गरी सरकारले कुनै सम्झौता नगर्ने बताएको सांसद माधव सापकोटाले बताए ।

प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सांसद सापकोटाले भने, ‘प्रधानमन्त्रीले आसन्न भारत भ्रमणलाई जतिसक्दो उपलब्धिमूलक बनाउने र नेपाली जनतामा गलत सन्देश जाने गरी सरकारले कुनै सम्झौता नगर्ने बताउनुभयो ।’

बैठकमा भारत भ्रमणसँगै सरकारद्वारा प्रस्तुत बजेट तथा सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानका बारेमा पनि प्रधानमन्त्रीले ब्रिफिङ गरेका थिए ।

सरकारले सङ्घीय संसद्मा पेस गरेको आगामी आर्थिक वर्षको बजेट सन्तुलित रहेको, अहिलेको राष्ट्रिय आवश्यकता सम्बोधन गर्ने खालको रहेकाले बजेटको प्रतिरक्षा गरेर जाने बताए ।

भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रवर्द्धन तथा अनियमिताको अनुसन्धानमा सरकार स्पष्ट अडानका साथ जाने प्रतिबद्धता व्यक्त गरेको सांसद सापकोटाले बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर