दुई सांसदलाई हटाउने जनमतको निर्णय, खान जोगिए – Nepal Press

दुई सांसदलाई हटाउने जनमतको निर्णय, खान जोगिए

जनकपुरधाम । जनमत पार्टीले दुई संघीय सांसदलाई कारबाही गरेको छ । काठमाडौंमा आज बसेको जनमतको केन्द्रीय समिति बैठकले सांसदद्वय सोनु मुर्मुर र बिनिता सिंहलाई कारबाही गर्ने निर्णय गरेको हो ।

मोरङकी मुर्मुरलाई दलित कोटाबाट र सिरहाकी सिंहलाई आदिवासी जनजाति कोटाबाट जनमतले समानुपातिक सांसद बनाएको थियो । पार्टीको निर्देशन नमानेको भन्दै दुबै जनालाई निलम्बन गर्ने निर्णय केन्द्रीय समिति बैठकले गरेको स्रोतले जनाएको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार सांसदद्वय मुर्मुर र सिंहलाई कारबाही गरी अन्यलाई पठाउने विषयमा अहिले छलफल जारी छ ।

प्रतिनिधिसभामा जनमतका ६ सांसद छन् । जसमध्ये मन्त्री भइसकेका सांसद अब्दुल खानलाई समेत कारबाही गर्नुपर्ने विषय बैठकमा उठेको छ । तर, उनी कारबाहीबाट जोगिएका छन् ‌।

खानेपानी मन्त्रीबाट राजीनामा दिएलगत्तै सांसद खानको एक महिलासँग भिडिओ कलमा गरेको अश्लील हर्कतको भिडिओ सार्वजनिक भएको थियो । उक्त विषयमा पार्टीले छानबिन गर्ने निर्णय पनि बैठकले गरेको बुझिएको छ ।


प्रतिक्रिया

One thought on “दुई सांसदलाई हटाउने जनमतको निर्णय, खान जोगिए

  1. राम्रोसँग छानबिन गर सिके कै पनि भेटिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर