इलाममा जेलको पर्खाल नाघेर भागे एक अभियुक्त – Nepal Press

इलाममा जेलको पर्खाल नाघेर भागे एक अभियुक्त

विराटनगर । डाँका मुद्दा अभियोगमा थुनामा रहेका एक युवक इलाम कारागारबाट भागेका छन् ।

बिहीबार साँझ थुनुवा मनराज राई फरार भएका हुन् । झापाको बाहुनडाँगी घर भएका राई डाँका मुद्दामा गत असोज ९ मा पक्राउ परी कात्तिक १५ मा कारागार चलान भएका थिए । कारागारमा जडान गरिएको सीसी क्यामराको फुटेजमा थुनुवा राई पर्खाल नाघेर भागेको देखिएको इलाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेले जानकारी दिए ।

घटनाको विषयमा छानबिन गर्न प्रहरी निरीक्षक प्रदीप सुवेदीको नेतृत्वमा छानबिन समिति बनेको र फरार राईको खोजी भइरहेको पोखरेलले बताए ।

बिहीबार साँझ कैदी र थुनुवा गणना गर्ने क्रममा उनी फेला नपरेपछि सीसी क्यामराको फुटेज हेरिएको थियो । फुटेजमा तार लगाइएको कम्पाउन्ड वाल नाघेर भागेको देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर