भारतीय राष्ट्रपति मुर्मुले दिइन् रामचन्द्रलाई बधाई – Nepal Press

भारतीय राष्ट्रपति मुर्मुले दिइन् रामचन्द्रलाई बधाई

काठमाडौं । भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले नेपालका नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएकी छन् । उनले एक बधाई नोटिस जारी गर्दै पौडेललाई नेपालको नयाँ राष्ट्रपति निर्वाचित भएकोमा आफ्नो र भारतको जनताको तर्फबाट बधाई ज्ञापन गरेकी हुन् ।

उनले सूचनामा नेपाल र भारत घनिष्ठ मित्रराष्ट्रका रुपमा द्विपक्षीय मैत्रीपूर्ण, बहुआयामिक, गहिरो सभ्यता, सांस्कृतिक तथा जनता–जनताबीचको प्रगाढ सम्बन्ध रहेको उल्लेख गर्दै पछिल्ला दशकहरुमा दुई देशबीच विभिन्न क्षेत्रमा पारस्परिक सम्बन्ध कायम भएको जनाएकी छन् ।

राष्ट्रपति मुर्मुले आगामी दिनमा नयाँ राष्ट्रपतिको रुपमा पौडेलको नेतृत्व, सल्लाह सुझावका आधारमा द्विपक्षीय सम्बन्ध अझै सुमधुर हुँदै जाने विश्वास व्यक्त गरेकी छन् । उनले पौडेललाई बधाई दिँदै नेपाल र नेपाली जनताको उन्नति प्रगति र समृद्धिको कामना पनि गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर