आर्थिक मन्दी लागेपछि बुटवलका घरधनीले घटाउन थाले भाडा – Nepal Press

आर्थिक मन्दी लागेपछि बुटवलका घरधनीले घटाउन थाले भाडा

रुपन्देही । आर्थिक मन्दी का कारण व्यवसायी विस्थापित भएर घर खाली हुन थालेपछि रुपन्देहीको बुटवलमा घरधनीहरुले घरभाडा घटाउन थालेका छन् ।

कोरोना महामारीपछि संकटमा परेका होटल तथा पर्यटन व्यवसाय सञ्चालन भएका घरधनीहरुले भाडा घटाउन शुरु गरेको व्यवसायीहरुले जनाएका छन् । कोराना संक्रमणले समस्यामा परेका पर्यटन व्यवसायी आर्थिक मन्दीका कारण थप समस्यामा परेकाले घरभाडा घटाउन माग गर्दै आएका थिए ।

पर्यटन व्यवसायीले घरघाडा छुट तथा घटाउन गरेको मागलाई बुटवलका केही घरधनीहरुले सम्बोधन गरेका छन् । बुटवलको ट्राफिकचोक होटल डि लाइट, देउराली होटल सनराइज होटललगायत दर्जनभन्दा बढी होटल सञ्चालन भैरहेका घरका घरधनीहरुले भाडा घटाईदिएपछि व्यवसायी खुशी भएका छन् ।

महङो घरभाडा तिर्न र बैंकको व्याजसमेत चलाउनसमेत नसकेका बुटवलका घरधनीहरुले ३० प्रतिशत भाडा घटाईदिएपछि पर्यटन व्यवसायी खुशी भएका हुन् ।

बैंकहरुले व्यवसायीको मर्म नबुझेपनि आर्थिक समस्यामा परेर व्यवसायबाट विस्थापित हुन लागेका व्यवसायीका समस्यमा घरधनीहरुले बुझेको भन्दै होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका पूर्वअध्यक्ष समुन्द्र जीसीले धन्यबाद दिएका छन्।

महङो भाडा तिर्न नसकेको अवस्थामा असल घरधनीहरुले भाडामा छुट दिएपछि पर्यटन व्यवसायी उत्साहित बनेको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले बताए ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका पूर्व अध्यक्ष समुन्द्र जीसीका अनुसार रुपन्देहीको बुटवलमा ठूला, साना गरी सञ्चालित करिव १ हजार होटलमा ३ अर्व बढीको लगानी छ ।

बैंकको चर्को ब्याज, बढ्दो घरभाडा अनि घट्दो व्यपारले यहाँको बजार सुक्दै गएको छ, यसको भविश्वको बारेमा चिन्ता लागेको छ, साना व्यवसायी धेरै मारमा छन्, सुरुमा घरधनीले भाडा घटाए केही सहज हुनेछ– व्यवसायी भुवनेश्वर अर्यालले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर