राप्ती नदीमा डुबेर एक बालिकासहित दुई जनाको मृत्यु – Nepal Press

राप्ती नदीमा डुबेर एक बालिकासहित दुई जनाको मृत्यु

रुपन्देही । बाँकेको राप्ती नदीमा डुबेर एकबालिकासहित २ जनाको मृत्यु भएको छ ।

राप्ती सोनारी गाउँपालिका वडानम्बर ६ फत्तेपुरका १३ वर्षीया अर्चना थारु र २२ वर्षीया कञ्चन थारुको नदीमा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले शनिबार दिउँसो १२ बजे डुबेर बेपत्ता भएका उनीहरुको शव आइतबार बिहान ९ बजेपछि फेला परेको जानकारी दिए ।

उनीहरु नुहाउन गएको र त्यही क्रममा डुबेको प्रहरीले जानकारी दिएको छ । दुवै शव पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगंजमा ल्याउन थालिएको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर