रवि लामछानेको नागरिकता सम्बन्धी विवादमा अनुसन्धान गर्न प्रहरीलाई सीडीओको पत्र – Nepal Press

रवि लामछानेको नागरिकता सम्बन्धी विवादमा अनुसन्धान गर्न प्रहरीलाई सीडीओको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् नवनिर्वाचित प्रतिनिधिसभा सांसद रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा छानबिन गर्न काठमाडौं जिल्ला प्रशासनले प्रहरीलाई पत्राचार गरेको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौं जिल्ला प्रहरी कार्यालयलाई गरेको पत्राचारमा लामिछानेले अमेरिकी पासपोर्ट त्यागेर पुरानै नेपाली नागरिकताका आधारमा नयाँ नेपाली पासपोर्ट निकालेकोको विषयमा छानबिन गर्न भनिएको छ ।

लामिछानेविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि त्यस सम्बन्धमा प्रहरीलाई जिम्मा लगाइएको हो । काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनालीले काठमाडौं जिल्ला प्रशासनबाट पत्र प्राप्त भएको बताए ।

लामिछाने हालसालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा चितवन-२ बाट निर्वाचित भएका थिए । निर्वाचनपूर्व उनिविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको थियो। आयोगले लामिछानेसँग स्पष्टिकरण सोधेपनि उनी निर्वाचन लड्नबाट रोकिएका थिएनन् ।

लामिछानेको लिखित स्पष्टिकरणपछि आयोगले कुनै निर्णय गरेको छैन। एसपी मैनालीले आवश्यक छानबिन गरिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर