कैलालीमा निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने – Nepal Press

कैलालीमा निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने

काठमाडौं । कैलालीकाे धनगढीमा अर्को सूचना नहुँदासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्लाका केही स्थानमा आज साँझ ७ बजेदेखि भोलि बिहान ७ बजेसम्म निषेधाज्ञा जारी गर्ने आदेश दिएका हुन् ।

निषेधाज्ञा गरिएका क्षेत्रमा पूर्वमा धनगढी उपमहानगरपालिका १, पुरानो फूलबारी बसपार्क (पुष्पलाल चोक), पश्चिममा वडा नं. ४ रातोपुल, उत्तरमा वडा नं. ५ सामुदायिक प्रहरी सेवा केन्द तथा दक्षिणमा वडा नं. १ र २ स्थित हुलाकी राजमार्ग रहेका छन् ।

आज बिहान विद्यालय जाने क्रममा एक छात्राको धनगढी वडा नं. ५ स्थित पिपल चौतारा दोबाटोमा सडक निर्माणको क्रममा ग्रेडर दुर्घटनाबाट मृत्यु भएपछिको स्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

प्रजिअ थापाले जारी गरेको आदेशमा उल्लेखित क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्तिहरु आवतजावत गर्न, भेला, प्रदर्शन, घुमफिर गर्न, सवारी साधन चलाउन निषेध गरिएको छ । आजै बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर