राजेश पायलको विवाह-पहेली : छोरा सार्वजनिक गरे, श्रीमती कहिले गर्छन् ? – Nepal Press

राजेश पायलको विवाह-पहेली : छोरा सार्वजनिक गरे, श्रीमती कहिले गर्छन् ?

काठमाडौं । गायक राजेशपायल राईले आफ्नो वैवाहिक जीवनलाई ठूलो पहेली झैं बनाइदिएका छन् । छोरा जन्मिएर पास्नीसमेत गरिसके पनि उनले श्रीमती भने अझै सार्वजनिक गरेका छैनन् ।

राजेशपायलले आफूलाई अविवाहित नै बताइरहँदा अचानक उनी सन्तानको बाबु बनेको खबर ब्रेक भएको थियो । नेपाल प्रेसले पहिलोपटक प्रकाशित गरेको उक्त समाचारप्रति राजेशपायलले मौनता साँधे । त्यसयता उनी आफ्नो विवाहको विषयमा कतै पनि बोलेका छैनन् ।

अहिलेसम्म विवाहको स्वीकारोक्ति नदिएका राजेशपायलले हिजो आफ्नो छोरा भने सामाजिक सञ्जालमा सार्वजनिक गरे । छोरा सायरेमको पास्नीपछि उनले फेसबुकमा तस्बिर राखेका हुन् । तर, छोरा भनेर लेखेका छैनन् ।

‘फस्र्ट राइस फिडिङ यानेकी पास्नी, दिदी राइसासँग सायारेम,’ भन्दै उनले तस्बिर पोस्ट गरेका हुन् । उनको छोराको नाम ‘सायारेम’ हो ।

राजेशपायलले आफूभन्दा २६ वर्ष कान्छी साङबुन राईबाट पुत्रलाभ गरेका हुन् । राजेपायल र साङबुन दुई वर्षदेखि लिभ इनमा थिए । उनीहरुबीच विवाह भने भएको थिएन । अविवाहित अवस्थामा नै बाबु बनेका राजेशपायलले अहिलेसम्म सार्वजनिकरुपमा साङबुनलाई श्रीमतीको रुपमा चिनाएका छैनन् । उनले साङबुनसँगको प्रेमसम्वन्ध पनि लुकाएका थिए र आफूलाई ‘सिंगल’ का रुपमा प्रस्तुत गर्दै आएका थिए ।

साङबुनले भने पुत्रलाभपछि राजेशपायल र छोराका तस्बिरहरु टिकटक तथा फेसबुकबाट सार्वजनिक गरेकी थिइन् । हिजो उनले छोराको पास्नीका केही भिडियोहरु टिकटकमा राखेकी छन् । एउटा भिडियोमा झुलुक्क राजेशपायल देखिन्छन् ।
अब प्रश्न उठ्छ, छोराको पास्नी गरिसक्दा पनि राजेशपायल आफ्नो विवाहका विषयमा किन मौन छन् ? सम्भवतः साङबुनको कम उमेर यसको कारण हुन सक्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर