मधेसमा भोलि सार्वजनिक बिदा – Nepal Press

मधेसमा भोलि सार्वजनिक बिदा

जनकपुरधाम । मधेस प्रदेश सरकारले सीताराम विवाह पञ्चमीको अवसरमा मंसिर १२ गते (भोलि) सार्वजनिक बिदा दिएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा पाल्ने श्रद्धालु भक्तजनहरुलाई शुभकामना व्यक्त गर्दै भोलि सार्वजनिक बिदा दिएको जानकारी गराएका हुन् ।

त्रेता युगमा माता सीता र भगवान श्रीरामको विवाह भएको स्मरणमा प्रत्येक वर्ष जस्तै यो वर्ष पनि जनकपुरधाममा साताव्यापी विवाह पञ्चमी महोत्सव आयोजना गरिएको छ ।

विवाह पञ्चमी महोत्सव अन्तर्गत आज माता सिताको मटकोर विधिको तयारी गरिदैँछ । आज ऐतिहासिक गंगासागर पोखरीमा सिताको मटकोर गरिनेछ ।

भोलि जानकी मन्दिर परिसरमा सीता(राम स्वयंम्वर अर्थात् विवाह समारोह गरिनेछ । त्रेतायुगको झझल्को दिने उक्त विवाहमा नेपाल(भारतका लाखौं श्रद्धालु सहभागी हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर