मधेसमा जनमत पार्टीको अर्को जित, सप्तरी २ ‘२’ मा महेश विजयी – Nepal Press

मधेसमा जनमत पार्टीको अर्को जित, सप्तरी २ ‘२’ मा महेश विजयी

जनकपुरधाम । मधेस प्रदेशमा जनमतले विजयीको अर्को खाता खोलेको छ । सप्तरी प्रदेशसभा २ (२) बाट जनमत पार्टीका महेशकुमार यादव विजयी भएका छन् ।

यादवले १३ हजार ३२५ मत ल्याउँदा उनका निकटम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उमेशकुमार यादव ७ हजार २३ मतमा रोकिए ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका यादव पूर्वमन्त्री हुन् । उनी ०७४ मा सप्तरी २ मा उपेन्द्र यादवसँग पराजित भएका थिए । दोस्रो संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

जनमत पार्टीबाट विजयी भएका यादव पूर्वमाओवादी नेता हुन् । उनी निर्वाचनभन्दा केही समय अघि मात्र जनमतमा आएका थिए ।

सप्तरी प्रदेशसभा क्षेत्र २ (१) मा मतगणना नसकिँदै जनमत पार्टीका सतिशकुमार सिंहले जितिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *