संरचना भत्काउन गएको महानगरको डोजरबाट सडक भत्किएपछि… – Nepal Press

संरचना भत्काउन गएको महानगरको डोजरबाट सडक भत्किएपछि…

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रमा बनेको अनधिकृत संरचना हटाउन डोजर चलायो ।

महानगरले थापाथली क्षेत्रमा बनेको रुद्रेश्वर महादेवमा रहेको पुजारीको घर, क्रियापुत्री भवन लगायतको अवैध संरचनाहरु डोजर लगाएर भत्काएको हो ।

महानगरका कर्मचारीले अवैध संरचना हटाउन नसक्ने भएपछि नगरप्रहरीसहित डोजर पनि सँगै लैजाने गरेको छ । अनधिकृत संरचना हटाउन डोजर प्रयोग गर्दा डोजरको लोडको कारण उल्टै सडकमा क्षति पुगेको छ ।

डोजरको स्टयान्डको चापले सडकमा ठाउँठाउँमा खाल्डा परेका छन् भने सडक केही भासिएको छ । डाेजरकाे लाेडले भत्काएकाे  सडक मर्मत नगरेकेहीदिनमा पानी  जमेर पुरै  सडक विग्रने भन्दै स्थानीयले चिन्ता  व्यक्त गरेका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर