पाल्पामा जीप दुर्घटना, २ जना गम्भीर घाइते – Nepal Press

पाल्पामा जीप दुर्घटना, २ जना गम्भीर घाइते

रूपन्देही । पाल्पाको रैनादेवी छहरा वडा नं ४ मा जीप दुर्घटना भएको छ । बुटवलबाट यात्रु लिएर जुठापौवा जाँदै गरेको लु१ख १४३१ नम्बरको जीप भैरव मावि छहराको निमार्णधीन भवन माथि दुर्घटना भएको मुझुङ प्रहरीले जनाएको छ।

दुर्घटना आज बिहान करिब ५ बजे भएको हो । जीपमा ११ जना यात्रु रहेको र २ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी मुझुङले जनाएको छ ।

राती १२ बजे बुटवल बाट जुठापौवाको लागि हिंडेको जीप के कारणले दुर्घटना भयो भन्ने बारे खुलेको छैन। घाइतेलाई मिसन अस्पताल तानसेनतर्फ लगिएको पाल्पाका पत्रकार विष्णु खनालले जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर