सामाजिक सुरक्षा परिचयपत्र आगामी वर्षदेखि भदौ मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने – Nepal Press

सामाजिक सुरक्षा परिचयपत्र आगामी वर्षदेखि भदौ मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने

काठमाडौं । सामाजिक सुरक्षा परिचयपत्र आगामी वर्षदेखि मदौ मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने भएको छ । यस अघि कात्तिक मसान्त भित्र नवीकरण गरिसक्नुपर्ने परिचयपत्र आगामी वर्षदेखि भदौ मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने व्यवस्था गृह मन्त्रालयले गरेको हो ।

मन्त्रालयले सामाजिक सुरक्षा (दोस्रो संशोधन) नियमावली, ०७९ मार्फत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिले आगामी आर्थिक वर्षदेखि परिचयपत्र भदौ मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने व्यवस्था गरेको हो । तर यो उपनियम प्रारम्भ भएको वर्षको नवीकरणको लागि कात्तिक मसान्तभित्र निवेदन दिन सकिने गृह मन्त्रालयले जनाएको छ ।

यसै नियमावली बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिलाई सम्बन्धित स्थानीय तहले तोकिएको ढाँचामा सामाजिक सुरक्षा परिचयपत्र नि:शुल्क उपलब्ध गराइरहेको छ ।

उक्त परिचयपत्रको मान्य अवधि एक आर्थिक वर्षको हुने व्यवस्था छ । उक्त परिचयपत्र हराएमा वा नासिएमा सम्बन्धित स्थानीय तहबाट प्रतिलिपि लिन सकिन्छ ।

यसरी प्रतिलिपि लिनु पर्दा भने एक सय रुपैयाँ शुल्क लाग्ने नियमावलीमा व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर