जडीबुटी-पेप्सीकोला सडक एक घण्टादेखि बन्द (तस्बिरहरू) – Nepal Press

जडीबुटी-पेप्सीकोला सडक एक घण्टादेखि बन्द (तस्बिरहरू)

काठमाडौं । काठमाडौंको जडीबुटी-पेप्सीकोला सडक झण्डै एक घण्टादेखि अवरुद्ध भएको छ ।

टर्निङ गर्ने क्रममा लरी बिग्रिएपछि सडक अवरुद्ध भएको हो । मार्बल तथा टाइल बोकेको आरजे. १४ जीके. ७५२५ नम्बरको भारतीय नम्बर प्लेटको उक्त गाडी अहिले मर्मतको प्रयास भइरहेको छ । गाडीले पूरै ढाकेपछि सवारी तथा सयौं यात्रु वैकल्पिक सडक प्रयोग गरिरहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर