अर्घाखाँचीमा लोहोरोले हानेर श्रीमतीको हत्या – Nepal Press

अर्घाखाँचीमा लोहोरोले हानेर श्रीमतीको हत्या

सन्धिखर्क । अर्घाखाँचीको शितगंगा नगरपालिका-३, ठाडामा एक जनाले लोहोरो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् ।

५४ वर्षीय पीताम्बर भुसालले लोहोरोले हानेर श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

घरायसी विवादका कारण मसाला पिस्न प्रयोग हुने लोहोरो हानेर ५० वर्षीया मनकलाको हत्या गरेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए ।

घरमा उनीहरूबीच पटक-पटक झगडा हुने गरेको पाइएको जनाइएको छ ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा पठाएको रिजालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर