अधिकारीले सम्हाले पर्यटन सचिवको जिम्मेवारी, सामान्य प्रशासनमा पोखरेल – Nepal Press

अधिकारीले सम्हाले पर्यटन सचिवको जिम्मेवारी, सामान्य प्रशासनमा पोखरेल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव सुरेश अधिकारीले कार्यभार सम्हालेका छन् । साउन २६ गते बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको थियो ।

अधिकारी कोभिड संक्रमणका कारण निजामती कर्मचारी अस्पतालमा उपचाररत थिए । आइतबार स्वस्थ भएपछि उनले पत्र बुझेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।

यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको जिम्मेवारी अर्जुन पोखरेललाई दिइएको छ । उनी केही समयदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा रहेका थिए । सचिव पोखरेल अतिरिक्तमा तानिनु अघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आपूर्ति सचिवको जिम्मेवारीमा थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर