सडक मर्मत कर विगतदेखि नै संकलन हुँदै आएको हो : सुनकोशी गाउँपालिका – Nepal Press

सडक मर्मत कर विगतदेखि नै संकलन हुँदै आएको हो : सुनकोशी गाउँपालिका

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिकाले पालिका भित्रका केही सडकहरुमा सडक ममर्तका लागि सवारी साधानहरुबाट संकलन गर्ने कर विगतदेखि कै निरन्तरता भएको बताएको छ ।

सुनकोशी गाउँपालिकाको सुकुटे–सियाले–महेन्द्रकान्ति–पुरानकोट–ठोकर्पा सडकमा प्रवेश गर्ने सवारी साधानहरुबाट सडक मर्मतको लागि कर संकलनका लागि ठेक्का सूचना प्रकाशित गरेको थियो ।

गाउँपालिकाले कर संकलनका लागि सूचना प्रकाशित गरेपछि केही व्यक्तिहरुले समाजिक सञ्जालमार्फत अहिलेको स्थानीय सरकारले गलत काम गरेको भन्दै विरोधमा उत्रिएका थिए । तर गाउँपालिकाले भने बिगत लामो समयदेखि उक्त सडकमा ठेक्का मार्फत कर संकलन भइरहेको र अहिलेको सरकारले पनि त्यसलाई निरन्तरता दिइएको गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

सवारी करबाट संकलन भएको रकम सोही सडक ममर्तका लागि प्रयोग गरिने अध्यक्ष तिमिल्सिनाले बताए । गाउँपालिकाले उक्त सडकमा सञ्चालन हुने सवारी साधानबाट सडक ममर्तका लागि १ लाख ५० हजारमा नघट्ने गरी शिलबन्दी प्रस्ताव पेश गर्नका लागि सूचना प्रकाशित गरेको थियो ।

गाउँपालिका नहुँदा तत्कालीन जिल्ला विकास समितिबाट समेत ठेक्कामार्फत कर संकलन हुने गरेको थियो । गत वर्ष काभ्रेको दुलालेश्वर कनस्ट्रक्सनमार्फत गाउँपालिकाले ठेक्कामार्फत कर संकलन गरेको थियो । ठेकेदारमार्फत कर संकलनमा खटिएका स्थानीय श्याम माझीका अनुसार अघिल्लो स्थानीय सरकार ले सुरुको वर्षदेखि नै यो सडकहरुमा कर संकलन गर्ने गरेको जानकारी दिए ।

जिल्लाका अन्य गाउँपालिका/नगरपालिकाहरुले समेत कच्ची सडकहरुमा सडक मर्मतका लागि कर संकलन गर्ने गरिरहेका छन् । स्थानीय सरकार नहुँदा तत्कालीन जिल्ला विकास समितिमार्फत सडक मर्मतका लागि कर संकलन हुँदै आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर