आमाबुबा बन्दै बिपाशा र करण सिंह – Nepal Press

आमाबुबा बन्दै बिपाशा र करण सिंह

काठमाडौं । बलिउड अभिनेत्री बिपाशा बासु र अभिनेता करण सिंह ग्रोवरले आफूहरु आमाबुबा बन्न लागेको खबर औपचारिक रुपका साझा गरेका छन् ।

केही समय अगाडिदेखि नै यो जोडी आमाबुबा बन्न लागेको खबर समाचारहरुमार्फत आएता पनि बिपाशा र करणको औपचारिक घोषणा भने आउन बाँकी थियो ।

सबैको कौतुहलतालाई मेट्दै यो जोडीले मातृत्व सुटका मनमोहक फोटोहरूसहित आफ्नो सामाजिक सञ्जालमार्फत सम्पूर्णमा सोबारे जानकारी गराएका हुन् ।

बिपाशा लेख्छिन, ‘नयाँ समय, नयाँ चरण, नयाँ प्रकाशले हाम्रो जीवनको प्रिज्ममा अर्को एउटा अनौठो छाया थपेको छ । हामीलाई पहिले भन्दा अझै बढी पूर्ण बनाएको छ । सर्वप्रथम त हामीले एक अर्कालाई भेट्यौं, त्यसपछि एकबाट दुई भयौं । हजुरहरुले हामी दुई जनालाई धेरै माया पनि दिनुभयो । दुई जनाले मात्र पाएको माया हामीलाई अलि अयोग्य लाग्यो । त्यसैले हामी दुईबाट अब तीन हुँदैछौं । हाम्रो प्रेमबाट प्रकट भएको सृष्टि, हाम्रो बच्चा चाँडै हामीसँग सामेल हुनेछ र हाम्रो जीवनमा आनन्द थप्नेछ ।’

करण र बिपाशाको पहिलो भेट सन् २०१५ मा आफूहरु अभिनित फिल्म ‘अलोन’ को सेटमा भएको थियो । सोही भेटपश्चात केही महिना एकअर्कालाई डेट गरेपछि उनीहरु अप्रिल ३०, २०१६ मा विवाह बन्धनमा बाँधिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर