उपत्यकामा श्रृंखलाबद्ध डकैती गर्ने गिरोहका तीन जना पक्राउ – Nepal Press

उपत्यकामा श्रृंखलाबद्ध डकैती गर्ने गिरोहका तीन जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाभित्र श्रृंखलाबद्धरुपमा डकैती गर्ने गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धु्पाल्चोकको मेलम्ची स्थायी घर भई काठमाडौंको नयाँ बस्तीमा बस्दै आएका ३८ वर्षीय रामसिंह तामाङ, मकवानपुरको बागमती गाउँपालिका स्थायी घर भई जोरपाटी बस्दै आएका ३८ वर्षीय दिलबहादुर सिङतान र मकवानपुरको बकैया स्थायी घर भई जोरपाटी बस्दै आएका ३५ वर्षीय शुसिल भन्ने बाबुलाल थिङ रहेका छन् ।

साउन २४ गते उनीहरुले कीर्तिपुर नगरपालिका–६ स्थित एक व्यक्तिको घरमा प्रवेश गरेर नियन्त्रणमा लिई लुटपाट गरेको प्रहरीको दाबी छ । उनीहरु काठमाडौं उपत्यकाका अन्य तीन लुटपाटका घटनामा पनि संलग्न देखिएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यकाबाहिर भएको एउटा लु्टपाटमा पनि उनीहरु संलग्न देखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकाको साथबाट एक लाख ४२ हजार १ सय ५ रुपैयाँ नगद, दुई थान खुकुरी र एक थान रड फेला परेको छ ।

उनीहरुले आफुलाई प्रहरी, शसस्त्र समूहजस्तो बताएर परिवारका सदस्यलाई धम्की दिने गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जना यसअघि लामो समय जेल बसेर छुटेका व्यक्तिहरु हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर